शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

ग्लोबल आईएमई बैंकले मर्जरमा पाएकाे सफलता अरु बैंकलाई प्रोत्साहन: अध्यक्ष ढकाल 

ग्लोबल आईएमई बैंकले मर्जरमा पाएकाे सफलता अरु बैंकलाई प्रोत्साहन: अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक बताएका छन् ।

साझा पोष्ट
सोमबार, पुस २५ २०७९
  • images
    ग्लोबल आईएमई बैंकले मर्जरमा पाएकाे सफलता अरु बैंकलाई प्रोत्साहन: अध्यक्ष  ढकाल 
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक बताएका छन् ।


    images
    images

    सोमबार बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार सुरु गर्दै उनले  ‘ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए । 

     दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले सफल भएको उनले बताए ।

    ‘दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले हामी मात्रै सफल भएका छैनौं नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाएका छौं,’ उनले भने, ‘ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको छ ।’

    Bank_ime1673240857.jpg

    उनले बैंक अफ काठमाण्डुसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक पुँजी, निक्षेप, कर्जा , शाखा सञ्जाललगायत धेरै कुरामा नेपालकै ठूलो बैंक भएका बताए ।


    बैंकको कुल पूँजीकोष करिब ५७ अर्ब, निक्षेप ४ खर्ब १० अर्ब , कर्जा लगानी ४ खर्ब र सम्पत्ती ५ खर्ब भन्दा माथि पुगेको  जानकारी दिए ।  यस्तै ४ हजार भन्दा बढी कर्मचारीलाई रोजगारी  दिइएको उनले बताए ।

    ‘ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको छ,’ उनले भने, ‘बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठुला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागि हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु ।’

    उनले खाडिमा रहेका नेपालीहरुले दुख गरेर कमाएको रेमिट्यान्स घर घरमा पुर्‍याउन सेवा सुरु गरेको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभनदा ठूलो वाणिज्य बैंकको रुपमा स्थापीच भएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार