Sajha Post
मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ 

जनकपुरधाम । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इसरले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार बिहान मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख इसरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

उपसभामुख इसरले भने हिन्दी भाषामा शपथ लिएकी थिइन् । शपथग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूसहितको सहभागिता थियो।

गत मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। 

प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका सात, लोसपाका नौ, नेकपा एकीकृत समाजवादीका सात, राप्रपाका एक, नेपाल संघीय समाजवादीका एक र स्वतन्त्र पाँचजना सांसदहरू छन्।
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update