Sajha Post
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने 

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update