बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

नेपाल टी २० लिगमा ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’, चार नेपालीसहित १० जना संलग्न

नेपाल टी २० लिगमा ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’, चार नेपालीसहित १० जना संलग्न

साझा पोष्ट
मंगलबार, माघ १० २०७९
  • images
    नेपाल टी २० लिगमा ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’, चार नेपालीसहित १० जना संलग्न
    images

     काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा सम्पन्न नेपाल टी-२० लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ मा नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी १ जना खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जानकारी  दिएकाे हाे । 


    images
    images


    प्रहरीका अनुसार स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेका थिए ।

    जनकपुर रोयल्समा आबद्ध २० वर्षीय आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेका पाइएकाे छ । 


    त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न खिएको  अनुसन्धानबाट खुलेको छ । उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जानकारी दिएकाे छ । 

     महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जनाएको छ ।

    महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोही प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

    'पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुब आलमले कम्तिमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको र नेपाली खेलाडी मोहमद आदील आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नका लागि अप्रोच आएको, उनले खेलेको कम्तीमा दुई वटा खेलमा सोहि प्रकृतिको खेल खेलेको देखिएको,' सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ६ जना विदेशीमध्ये ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना बाहिरी व्यक्ति स्पट फिक्सिङ र लाइभ बेटिङमा सामेल देखिएको सीआईबीले जनाएकाे  छ । टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेसनमा निर्धारित रनमात्र बनाइ स्पट फिक्सिङ गरेको पनि सीआईबीकाे ठहर छ । 

    त्यस्तै केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोतसमेत नखुलेको पनि सीआईबीले जनाएको छ ।

    सीआईबीले विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडी समेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको सीआईबीको निष्कर्ष  छ ।

    प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार