Sajha Post
कर्णाली सरकारले पूर्णता पायो 

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। 

बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका हुन्। माओवादीबाट मुख्यमन्त्रीसहित चार  र जसमा एमालेबाट तीन जना मन्त्री बनेका छन्।सात सदस्यीय सरकारको कार्यविभाजनसमेत गरिएको छ। 

विस्तारित मन्त्रिपरिषद अनुसार मुख्यमन्त्री राज कुमार शर्मा– मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विनोदकुमार शाही– आर्थिक मामिला तथा योजना मन्त्रालय, मंगल बहादुर शाही– भौतिक पूर्वाधार, भिम प्रकाश शर्मा–भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्ण बहादुर जिसी– आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र जीतबहादुर मल्ल– पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।


८ सदस्यीय मन्त्रिपरिषद घटाएर सोमबार ७ सदस्यीय बनाइएको हो। गत पुस २७ गने मुख्यमन्त्रीमा नियुक्त  माओवादी केन्द्रका राजकुमार शर्माले पुस २८ ते दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update