Sajha Post
सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ

जनकपुर । प्रहरीले सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा नवराजपुर गाउँपालिका २ मझौराका ओमप्रकाश यादवको घरबाट ९ जनालाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी छन् । 

त्यस्तै लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका १ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update