शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सांसद चौधरीलाई कैलाली लगियो, शुक्रवार अदालतमा पेश गरिेने 

सांसद चौधरीलाई कैलाली लगियो, शुक्रवार अदालतमा पेश गरिेने 

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    सांसद चौधरीलाई कैलाली लगियो, शुक्रवार अदालतमा पेश गरिेने 
    images

    काठमाडौं । बाँकेबाट पक्राउ परेका कैलालीको प्रतिनिधि सभा क्षेत्र नं। २ का नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली प्रहरीको जिम्मा लगाइएको छ।


    images
    images


    बिहीबार दिउँसो समातिएका चौधरीलाई  सुरक्षा चुनौतीका कारण हवाइ मार्गबाट काठमाडौं ल्याइएकोमा  फेरि  धनगढी उतारेर कैलाली प्रहरीको जिम्मा लगाइएको हो।

    उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्।चौधरी अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा छन् । 

    बाँकेबाट सडक मार्ग भएर कैलाली ल्याउँदा लामो दूरी भएकाले सुरक्षा जटिलता आउनसक्ने भन्दै प्रहरीले चौधरीलाई हवाइ मार्ग भएर काठमाडौ  घुमाएर कैलाली लगेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले  उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार