Sajha Post
मलेसियाका गृहमन्त्रीले आज प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्ने

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरू गर्दैछन् ।

मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टा छुट्टै भेटवार्ता गर्नेछन । 

मलेसियाली गृहमन्त्री सैफुद्दिनले परराष्ट्रमन्त्री विमला राईसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि उनी श्रीलंका गएकाले परराष्ट्रमन्त्रीसँग भने भेट नहुने भएको छ।

हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्नेछ ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । उनी शनिबार स्वदेश फर्कनेछन । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update