शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

माओवादी बैठकमा गृह मन्त्रालय विवाद र राष्ट्रपति चुनावबारे नेताहरूले बाेल्ने

माओवादी बैठकमा गृह मन्त्रालय विवाद र राष्ट्रपति चुनावबारे नेताहरूले बाेल्ने

साझा पोष्ट
शुक्रबार, माघ २० २०७९
  • images
    माओवादी बैठकमा गृह मन्त्रालय विवाद र राष्ट्रपति चुनावबारे नेताहरूले बाेल्ने
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु बैठक आज दिउँसो ३ बजे पुनः बस्न लागेको हो । 


    images
    images

    आजको बैठकमा गृह मन्त्री विवाद, राष्ट्रपति निर्वाचनलगायत विषयमा नेताहरूले धारणा राख्ने तालिका छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट गृह मन्त्री गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष लामिछाने पुनः उही जिम्मेवारीमा फर्कन चाहेका छन् । 

    त्यसका लागि लबिङ तीव्र पारेका उनले बिहीबारको पार्टी बैठकबाट प्रधानमन्त्रीलाई दुईदिने अल्टिमेटम दिएका छन् । तर प्रचण्ड र स्वयं माओवादी पार्टीका नेता रविलाई गृह मन्त्रालय दिन नहुने पक्षमा छन् । 

    नागरिकता प्रकरणमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआएको र दोहोरो राहदानी लिएको विषयमा छानविन भइरहेकाले उक्त विषय टुंगिनुअघि नै गृह मन्त्रालयमा फर्काउँदा खराब सन्देश जाने उनीहरूको मत छ ।

    हिजोको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए । उनले रास्वपाको गृह मन्त्रालय अडानले गठबन्धन समस्यामा परेको समेत बताएका थिए । यस अघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार