Sajha Post
विश्वासको मत पाउन नाउपालाई फकाउने मुख्यमन्त्री शाहको रणनीति, रेशमलाई रिहाइका लागि प्रयास गर्ने प्रतिवद्धता
machhapuchhre bank

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रहेको उनको निवासमा पुगेर मुख्यमन्त्री शाहले रेशम चौधरीलाई रिहा गर्न पहल गर्ने बताएका हुन् । रेशमकी आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

टीकापुर घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि ठूलो दलको नाताले शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।  उनले पनि नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैले नागरिक उनमुक्तिलाई फकाउने प्रयास शाहले गरेका हुन् । 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update