शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासोः काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो

निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासोः काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो

काठमाडौं । निःवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन् ।  ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम शुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनुपरेको उनको गुनासो थियो । 

साझा पोष्ट
मंगलबार, फागुन १६ २०७९
  • images
    निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासोः काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍यो
    images

    काठमाडौं । निःवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन् । 


    images
    images

    ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम शुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनुपरेको उनको गुनासो थियो । 

    स्वास्थ्य पत्रकार मञ्चले मंगलवार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै गिरीले मन्त्रीको रुपमा आफूले व्यतित गरेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको बताए । उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै थाहा पाएको बताए । 

    ‘४२ दिन स्वास्थ्यमन्त्रीको रुपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिुभुत ढंगले जुटे । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तरक्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै समय खर्च गर्ने भन्ने लाग्छ, निःवर्तमान मन्त्री गिरीले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला  बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्यमन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’

    निःवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पु¥याउनुपर्ने उनको सुझाव छ । गिरीले स्वास्थ्य विमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार