शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

‘कोशी' प्रदेश नामाकरणमा दिएको समर्थन फिर्ता लिए पनि कांग्रेसले पक्षमा मतदान गर्ने

‘कोशी' प्रदेश नामाकरणमा दिएको समर्थन फिर्ता लिए पनि कांग्रेसले पक्षमा मतदान गर्ने

साझा पोष्ट
बुधबार, फागुन १७ २०७९
  • images
    ‘कोशी' प्रदेश नामाकरणमा दिएको समर्थन फिर्ता लिए पनि कांग्रेसले पक्षमा मतदान गर्ने
    images

    विराटनगर । प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । 


    images
    images

    एमालेले दर्ता गरेको प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले समर्थन फिर्ता लिए पनि कांग्रेसले कोशी प्रदेश नामकै पक्षमा मतदान गर्ने बताए । 

    माओवादी केन्द्रले पनि कोशी प्रदेशकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । प्रतिपक्षी नेकपा एकीकृत समाजवादी र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्तरूपमा किरात–लिम्बुवान–सगरमाथा प्रदेश नामकरणका लागि प्रदेश सभा सचिवालयमा अर्को प्रस्ताव दर्ता गराएका छन् ।

    यी दुई वटा प्रस्ताव सदनमा पेस हुनेछन् । संसद बैठक अहिले चलिरहेको छ । छ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । 

    प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश सभाले नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर निषेधाज्ञा जारी गरेको हो । 

    उक्त सूचनाअनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष, विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार