शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको गम्भीर आरोप 

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको गम्भीर आरोप 

साझा पोष्ट
शुक्रबार, चैत ३ २०७९
  • images
    पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको गम्भीर आरोप 
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको आरोप लगाएका छन् ।


    images
    images

    शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्उ । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको भन्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन आग्रह गरे ।

    मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाई छ । उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको बताए । सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए।

    उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानून निर्माणका लागि पत्रकारहरुले राम्रो भुमिका निर्माण गर्नसक्ने बताए । सभामुख घिमिरेले भन्नुभयो, ‘पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरु ।’

    सभामुख घिमिरेले कानूनको अभावमा मुलुकमा ठगीहरु बढीरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए । उनले कानून निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भुमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताए । 

    त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार