राष्ट्रपति पौडेलले सांसदहरुलाई चियापानका लागि शीतल निवास बोलाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुको सम्मानमा चियापान आयोजना गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौंमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई चियापानसहित भेटघाट गर्न खोजेका हुन ।
उपराष्ट्रपति निर्वाचनसँग यो कार्यकालका लागि सम्पूर्ण निर्वाचन सम्पन्न भएको छ । हिजो चेत ३ गते उपराष्ट्रपतिको र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय