शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

साझा पोष्ट
आइतबार, चैत ५ २०७९
  • images
    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित
    images

    काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन् । 


    images
    images

     शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
     कुल खसेको चार सय ६८ मतमा  दुई सय ३५ मत प्राप्त गर्दै निरौला विजयी भएका हुन्  ।  निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घका संस्थापक सदस्य निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन । 

     उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले  एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए । 

    यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भईन । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए ।  

    अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (दुई सय ८७), उद्धवप्रसाद भट्टराई (दुई सय ११), पवन केसी (दुई सय दुई), नम्रता खरेल (एक सय ८७), पुकार भट्टराई (एक सय ८२), खुश्बु खड्का (एक सय ७७), सरिता राधोपाध्याय (एक सय ४६), रोशन श्रेष्ठ (एक सय ३५) र समीर लामा (एक सय ३३) मत प्राप्त गरेर विजयी भए । 

    नवनिर्वाचित अध्यक्ष निरौलाले कलाकारको पेशागत हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन । 

    'संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु”, नवनिर्वाचित अध्यक्ष निरौलाले भने, 'मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।'

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार