Sajha Post
स्ववियु चुनावको चहलपहल (फोटो फिचर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान जारी छ । 

आईतवार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान जारी रहेको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भइरहेको छ । 

Student_Election (1)1679209847.jpg

काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान भइरहेको छ ।

Student_Election (8)1679209866.jpg

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन । यस पटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरुमा मतदान नै शुरु भइसकेको हो । 

Student_Election (7)1679209881.jpg

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामवद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । 

Student_Election (2)1679209905.jpg

Student_Election (5)1679209923.jpg

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update