शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सरकारलाई पूर्णता दिन संवाद सुरु भैसक्यो, प्रदेशमा पनि आलोपालो हुन्छ: प्रधानमन्त्री

सरकारलाई पूर्णता दिन संवाद सुरु भैसक्यो, प्रदेशमा पनि आलोपालो हुन्छ: प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताएका छन ।  मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको जानकारी दिए । 

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    सरकारलाई पूर्णता दिन संवाद सुरु भैसक्यो, प्रदेशमा पनि आलोपालो हुन्छ: प्रधानमन्त्री
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताएका छन । 


    images
    images

    मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको जानकारी दिए । 

    ‘हिजोबाट फेरि राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ,’ उनले भने,‘ सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’ देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने उनको दाबी छ । 

    जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चल्दै छ,’ उनले भने,‘ जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्धोदन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दै छु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार