शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै 

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै 

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै 
    images

    काठमाडौं । मन्त्रालय भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । 


    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको दुई तीन दिन भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । 

    सरकारमा सहभागिताका हुने विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ छलफल भएको थियो । हिजो बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई भेटेका थिए ।

    अहिले सत्ता गठबन्धनमा माओवादी, कांग्रेससहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चासहितका पार्टीहरू छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार