शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी
    images

    एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई  दक्षिण चीन सागर छाड्न चेतावनी दिएको हो । 


    images
    images

    जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तरराष्ट्रिय अदालतले गरेको छ । 

    फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको पानीमा आफ्नो दाबी गरेका छन्भने अमेरिकाले अन्तरराष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनुपर्ने सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ । 

    चीन सरकारको अनुमति बिना चिनियाँ जलक्षेत्रमा गैरकानुनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार