Sajha Post
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन 
machhapuchhre bank

काठमाडौं । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनले लामो समय रेडियो नेपालमा समाचार वाचकको रूपमा काम गरेकी थिइन् । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो । आफ्नो बुलन्द आवाजकै कारण सदा चर्चामा रहने ताम्राकारले यसअघि आन्द्राको क्यान्सरसमेत जितेकी थिइन् । 

उच्च बनोबल लिएर जीवनमा संघर्ष गरेकी ताम्राकारले पछिल्लो समय इमेज एफएममा उज्यालो कार्यक्रम चलाउँदै आएकी थिइन् । उनले शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने उनकी छोरी एवं संचारकर्मी गृष्मा राजभण्डारीले बताइन् । ताम्राकारका तीन छोरी छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update