शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ वर्षको क्यालेण्डर

ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ वर्षको क्यालेण्डर

साझा पोष्ट
शुक्रबार, चैत १० २०७९
  • images
    ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ वर्षको क्यालेण्डर
    images

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।


    images
    images

    काठमाडौमा एक कार्यक्रम गरी बैंकले क्यालेण्डर सार्वजनिक गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,बैंकका सञ्चालक समिति सदस्यहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले  संयुक्तरुपमा क्यालेण्डर सार्वजनिक गरे । 

    बैंकको क्यालेण्डरमा मण्डला चित्रकलालाई समावेश गरिएको छ । दुई दशकदेखि चित्रकलामा सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समावेश गरिएको हो । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको उनले बताए ।

    चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए । नेपालको मौलिक मण्डला चित्रलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार