शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

साम्प्रदायिक नाराको कुनै अर्थ छैन : ओली

साम्प्रदायिक नाराको कुनै अर्थ छैन : ओली

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोवासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताए । 

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    साम्प्रदायिक नाराको कुनै अर्थ छैन : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । कुनैपनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो । 


    images
    images

    शनिवार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।

    विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोवासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताए । 

    ‘निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामुहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढ्नुपर्दछ, ओलीले भने, ‘हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नुपर्दछ भनेर तपाईहरुले संगठन बनाउनुभएको छ ।’

    अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामुहिक प्रयासको आवश्यक्ता रहेको पनि बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार