Sajha Post
थ्री नेसन्स कपमा   नेपाल आज भुटानसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल आज भुटानसँग खेल्दैछ ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।


नेपालले पहिलो खेलमा लाओसलाई २-० ले हराएको को थियो । भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो ।

 नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

भुटानका लागि भने फाइनलमा पुग्न जित अनिवार्य छ । 

machhapuchhre bank

 लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update