
काठमाडौं । नेदरल्याण्डका एक वीर्यदाताले वीर्य दान गरी ५५० भन्दा बढी बच्चा जन्माउन मद्दत गरेको खुलेको छ।
डोनरकाइन्ड फाउन्डेसनले विश्वभरका सयौँ महिलालाई भ्रममा पारी ५५० भन्दा बढी बच्चा जन्माउन भूमिका खेलेको भन्दै अदालतमा मुद्दा हालेपछि घट्ना बाहिरिएको हो ।
४१ वर्षीय जोनाथन जेकब मेइअरले हाडनाता करणी बढ्नेगरी गैरकानूनी रूपमा सयौँ महिलालाई वीर्यदान गरी बच्चा जन्माउने भूमिका खेलेको आरोप फाउन्डेसनले लगाएको छ । मेइअरले आफूले वीर्यदान गरी जन्मिएका बच्चाका बारेमा लुकाएको बताउँदै क्त फाउन्डेनस वीर्यदानबारे सत्यततथ्य जानकारी दिन र अब वीर्यदान गर्न रोक्न माग गर्दै अदालत पुगेको हो।
डोनरकाइन्डले उनलाई कुनै पनि क्लिनिकमा वीर्य दान गर्न प्रतिवन्ध लगाउन र उनले वीर्य दान गरेका क्लिनिक पत्ता लगाउनेगरी अन्तरिम आदेश दिन माग गरेको छ । ती क्लिनकबाट मेइअरको वीर्य नष्ट गर्नुपर्ने पनि संस्थाको माग छ । डच वीर्यदान क्लिनिकको मापदण्ड अनुसार एक जना पुरुषले बढीमा २५ जनासम्म बच्चा जन्माउनेगरी वा १२ जनासम्म महिलालाई मात्रै वीर्यदान गर्नुपर्छ।
मेइअरले सन् २०१७ मै नेदरल्याण्डका १० वटा क्लिनिक्समा वीर्यदान गरी १०२ बच्चा जन्माइसकेका थिए। डच प्रसूति तथा स्त्री रोगविज्ञान सोसाइटीले त्यतिबेलै मेइअरलाई वीर्यदान नगर्न चेतावनी दिएको थियो।
उनलाई त्यसबेला नेदरल्याण्डले वीर्य दान गर्न नपाउनेगरी कालोसूचीमा राखिएकाे थियो। त्यसपछि मेइअरले डेनमार्क र युक्रेनलगायतका देशमा वीर्य निर्यात गरेको खुलेको छ ।
‘मेइअरको बारेमा थाहा पाएपछि म मेरो सन्तानमा देखिन सक्ने जोखिमबारे सोचेरै बिरामी भएकी थिएँ।' सन् २०१८ मा मेइअरको वीर्यदानबाट आमा बनेकी एक डच महिला इभाले भनिन, 'यदि मैले पहिले नै उनी १०० भन्दा बढी बच्चाका बुवा भइसकेको थाहा पाएको भए म कहिल्यै उनलाई छनोट गर्थिनँ।’
इभा र डोनरकाइन्डले संयुक्त रूपमा मेइअरलाई वीर्यदान गर्न प्रतिबन्ध लगाउने र क्लिनिकहरूमा सुरक्षित रहेको उनको वीर्य नष्ट गर्नुपर्ने माग गर्दै आएका छन ।