Sajha Post
जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने, मन्त्रालय टुंगो लाग्न बाँकी
machhapuchhre bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । राईले पाउने मन्त्रालयको भने टुंगो लागिसकेको छैन । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । कुन कुन मन्त्रालय भन्ने आज साँझ बस्ने बैठकले तय गर्नेछ ।

यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको बताइएको छ । जसपाले अर्को मन्त्री भने मधेसबाट पठाउने छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।

पार्टीले मन्त्री छान्ने अधिकार भने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । जसपाले सहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update