शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पार्टी कामसँगै धार्मिक र पर्यटकीय स्थलमा केपी ओलीको घुमघाम (फोटो फिचर)

पार्टी कामसँगै धार्मिक र पर्यटकीय स्थलमा केपी ओलीको घुमघाम (फोटो फिचर)

ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धनमा ओली

साझा पोष्ट
बिहीबार , चैत १६ २०७९
  • images
    पार्टी कामसँगै धार्मिक र पर्यटकीय स्थलमा केपी ओलीको घुमघाम (फोटो फिचर)
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिशन ग्रास रुट अन्तर्गत लुम्बिनी प्रदेशका जिल्लामा पाँच दिन बिताए । अभियान अन्तर्गत उनले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने र जोश भर्ने काम त गरे नै उनले ती क्षेत्रका धार्मिक र पर्यटकीय क्षेत्रमा समेत पुगे र अवलोकन गरे । जसले ती क्षेत्रको प्रचार, प्रचार र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । किनकी ओली जतिको नेता ती क्षेत्रमा पुग्दा चासो त बढ्छ नै । 
     


    images
    images

    कहाँ पुगे ओली ? 

    सुपा देउराली 
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिकासहित सुपा देउराली मन्दिरको दर्शन गरे । अर्घाखाँचीमा पर्ने यो मन्दिर त्यस क्षेत्रकै निकै प्रसिद्ध मन्दिर हो र यहाँ हरेक दिन जसो भक्तजनको घुइँचो लाग्छ । र, यहाँ गएर मागेको वर पुग्छ भन्ने जनविश्वास छ ।

     

     

    oli supa deurali1680156282.jpg

    सुपा देउरालीको दर्शनसँगै ओलीले यहाँ मसुरपाटाको सेल्फी डाँडामा बसेर पत्नी राधिकासँगै तस्बिर पनि खिचे । ओलीले फेसबुकमा लेखे अनुसार उनी यहाँ ३४ वर्षपछि पुगे । उनले अर्घादेबी मन्दिरमा पूजाआजा पनि गरे । 

    kp selfidada1680156305.jpg

    ko argha devi mandir1680158350.jpg

    रेसुङ्गा

    एमाले अध्यक्ष केपी शर्मा ओली गुल्मीको धार्मिक, ऐतिहासिक र, पर्यटकीय हिसावले महत्वपूर्ण रेसुङ्गा पनि पुगे । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमि मानिन्छ । 

    kp resunga1680156330.jpg

    resung yagyashala1680156352.jpeg

    रानी महल

    मिशन ग्रास रुट अभियान अन्तर्गत केपी शर्मा ओलीले पुगेको अर्को निकै महत्वपूर्ण पर्यटकीय स्थल हो, पाल्पाको रानी महल । विसं १९५० बनेको यो रानीमहललाई प्रेमको प्रतीक मानिन्छ । नेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ ।

    rani mahal1680156382.jpg

    तत्कालीन जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा यो महल बनाएका हुन् । ओलीले रानीमहल पुगेर श्रीमतीराधिकासँगै सेल्फि खिचेर फेसबुकमा पोष्ट गर्दै लेखेका छन, आहा रानीमहल !'

    kp oli rani mahal1680156468.jpg


    ऋषिकेश मन्दिर 

    ऋषिकेश मन्दिर पाल्पा, गुल्मी र स्याङजाको सिमानामा पर्ने कालिगण्डकी र रिडि खोलाको संगम स्थलमा अवस्थित छ। रुरु क्षेत्रधाममा अवस्थित यो मन्दिर सयौं वर्ष पुरानो मन्दिर हो ।  माघे सङ्क्रान्तिको बेला यहाँ भब्य मेला लाग्दछ ।पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची लगायतका जिल्लाबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ। पार्टीको मिशन ग्रास रुट अभियानकै क्रममा एमाले अध्यक्ष ओली यहाँ पनि पुगे ।

    rishi kesh mandri ma oli1680157740.jpg

    पाल्पा दरबार संग्रहालय 

    संग्रहालय देशको ऐना हो । संग्रहालयले देशको हिजोको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक स्थिति बुझाउँछ । एमाले अध्यक्ष केपी ओलीले पाल्पा दरबार संग्रहालय पुगेर अवलोक र अध्ययन गरे । 

    kp plpa musim1680157816.jpg

    kp palpa durbar 21680157869.jpg

    darbur musiom oli1680157905.jpg

    लुम्बिनी र कपिलमुनि धाम 

    त्यसो त लुम्बिनीमा केपी शर्मा ओली पहिले पनि गएकै ठाउँ हो । तर पार्टी कामको शिलशिलामा गएपनि यसपटक समेत उनी त्यहाँ पुगे । लुम्बिनी मात्रै होईन उनी त्यहाँ कपिलमुनि धाम पनि पुगे ।

    kp lumbini1680158174.jpg

    kapil munu dham oli1680158196.jpg

    kapil muni1680158217.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार