Sajha Post
नारायणकाजी भन्दा माथिल्लो वरियतामा पूर्णबहादुर, बेदुराम चौथोमा 

काठमाडौं । नेकपा एमालेसँग मिलेर पुष १० गते सरकार बनाउँदा विष्णु पौडेल भन्दा तल्लो वरियता पाएपछि नाराणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

आफू पहिले उपप्रधानमन्त्री भएकोले वरिष्ठ हुनुपर्ने भन्दै उनी आफूले पाएको भौतिक पूर्वाधार मन्त्रालयमा गएनन् । ढिलो गरी तेस्रो वरियता स्वीकारेर काम गरेपनि उनको असन्तुष्टि रहिनै रह्यो । तर उति बेला एमालेसँग मात्रै होईन, अहिले कांग्रेससँ मिलेर सरकार बनाउँदा पनि नारायणकाजीले तेस्रो वरियतामै चित्त बुझाउनु परेको छ । कांग्रेस नेता पहिलो वरियतामा उपप्रधानमन्त्री बनेका छन । खड्का पहिलो पटक उपप्रधानमन्त्री भएका हुन, जबकी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री भैसकेका हुन । छैठौंपटक मन्त्री बन्दा खड्काको उपप्रधानमन्त्रीको रुपमा बढुवा भएका छन् । खड्का गत पुस १० मा कांग्रेस र माओवादीबीच भड्किएको सम्बन्ध सुधार्दै एमालेलाई विपक्षी कित्तामा पुर्‍याएर पुरानो गठबन्धन ब्युँत्याउने योजनाकार मध्येका एक हुन् ।

खड्काले रक्षा मन्त्रालय सम्हाल्दा श्रेष्ठले अहिले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन । यसपटक उनको असन्तुष्टि सार्वजनिक हुन्छ कि हुन्न हेर्न बाँकी छ ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसालले पहिलो पटक मन्त्री भएपनि चौथो वरियता पाएका छन । उनले पहिले नै मन्त्री भैसकेका जसपाका संघीय परिषद अध्यक्ष अशोक राईलाई उछिनेका छन । राई पाँचौ, श्रममन्त्री बनेका शरतसिंह भण्डारी छैटौं र अर्थमन्त्री प्रकाशशरण महत सातौं वरियतामा छन् ।

यस्तो छ वरियता 

cabinet-expand 11680259280.jpg

machhapuchhre bank

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update