शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपाल बैंक लिमिटेडको नयाँ शाखा ललितपुरको खुमलटारमा

नेपाल बैंक लिमिटेडको नयाँ शाखा ललितपुरको खुमलटारमा

साझा पोष्ट
बिहीबार , वैशाख २८ २०८०
  • images
    नेपाल बैंक लिमिटेडको नयाँ शाखा  ललितपुरको खुमलटारमा
    images

    काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ।


    images
    images

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी बुधबार शाखा उद्घाटन गरे ।

    नेपाल बैंक लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाको धेरै पहिले देखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको र ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिकाबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राखे।

    यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको जेठो नगरपालिका ललितपुर महानगरमा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा  विश्वस्त रहेको बताए।

    बैंकले नेपालभर २२८ शाखाहरु, २०३ एटीएम साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ।

    समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले, खुमलटार शाखाका शाखा प्रवन्धक जयप्रकाश यादव तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती  थियो।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार