शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

 सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्यो

 सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्यो

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ । 

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
     सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्यो
    images

    काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो ।


    images
    images

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ । 
     निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । 

    धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए । उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका टिप्पणी भइरहेको थियो ।  

    धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार