शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

भारतले २००० भारुको नोट प्रयोगमा नल्याउने

भारतले २००० भारुको नोट प्रयोगमा नल्याउने

काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।भारतीय रिजर्ब बैंक (आरबीआई) ले अरु बैंकहरुलाई  २ हजारको नोट प्रवाह नगर्न भनेको छ । यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

साझा पोष्ट
शुक्रबार, जेठ ५ २०८०
  • images
    भारतले २००० भारुको नोट प्रयोगमा नल्याउने
    images

    काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ ।


    images
    images

    भारतीय रिजर्ब बैंक (आरबीआई) ले अरु बैंकहरुलाई  २ हजारको नोट प्रवाह नगर्न भनेको छ । यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।

    साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ । नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन ।बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।

    आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने  स्पष्ट छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोट ल्याइएको थियो ।

    जब बजारमा साना नोट चलन बढेपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो । समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार