Sajha Post
कोहलीको शतकमा बेंगलोरले गुजरातलाई दियो १९८ रनको लक्ष्य 
machhapuchhre bank

काठमाडौं । विराट कोहलीले लगातार दोस्रो शतक बनाएपछि आईपीएलको निकै महत्वपूर्ण खेलमा रोयल च्यालेञ्र्ज बेंगलोरले गुजरात टाईटान्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ९७ रन बनायो । विराट कोहलीले नटआउट १ सय १ रन बनाए । विराटले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे । यस्तै फाफ डुप्लेसीले २८, माईकल ब्रेसवेलले २६ र अनुज रावतले नटआउट २३ रन जोडे । ल

क्ष्य पछ्याउँदै अहिले गुजरातले ब्याटिङ गरिरहेको छ । आजको खेल जिते  बेंगलोर प्ले अफमा जानेछ ।  उसले हारे मुम्बई जानेछ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update