शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ आजपनि भएन, न्यायाधिशले दिए यस्तो कारण

सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ आजपनि भएन, न्यायाधिशले दिए यस्तो कारण

साझा पोष्ट
मंगलबार, जेठ १६ २०८०
  • images
    सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ आजपनि भएन, न्यायाधिशले दिए यस्तो कारण
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज गर्ने भनिएपनि हुन सकेन ।  मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो। 


    images
    images

    न्यायाधीश राईले किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै आज मुद्दाको सुनुवाइ नगरेका हुन्। 

    अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ। सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि नै दक्षिण अफ्रिका जाने तालिका छ। अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन्।

    यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो। पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

    लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते लामिछान विरुद्ध जाहेरी दर्ता भएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार