शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

ईपीजीबारे दुई देशका प्रधानमन्त्रीबीच छलफल भएन् : भारतीय विदेश सचिव 

ईपीजीबारे दुई देशका प्रधानमन्त्रीबीच छलफल भएन् : भारतीय विदेश सचिव 

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    ईपीजीबारे दुई देशका प्रधानमन्त्रीबीच छलफल भएन्  : भारतीय विदेश सचिव 
    images

    काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनका विषयमा छलफल नभएको बताएका छन् ।


    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले व्यक्तिगत स्तर र त्यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएका बैठकमा यो विषय नउठेको बताएका हुन ।

    प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनपछि पत्रकार सम्मेनल गरी विदेश सचिव क्वात्राले  ईपीजी प्रतिवेदन र अग्निपथ गोर्खा भर्तीबारे छलफल नभएको बताए । 

    पत्रकारहरूले सोधेको प्रश्नमा क्वात्राले भने,‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन ।’

    उनले भारतको संसद्मा भर्खरै राखिएको ‘अखण्ड भारत’ को बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको बताए ।


     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार