शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

मुकुन्द न्यौपानेसहित १३ जनालाई बनायो एमालेले केन्द्रीय सदस्य

मुकुन्द न्यौपानेसहित १३ जनालाई बनायो एमालेले केन्द्रीय सदस्य

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    मुकुन्द न्यौपानेसहित १३ जनालाई बनायो एमालेले केन्द्रीय सदस्य
    images

    काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीसहित विभिन्न पार्टी छोडेर आएकाहरुलाई केन्द्रीय सदस्य बनाएको छ ।


    images
    images

    एमाले सचिवालय बैठकले एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर फर्किएका मुकुन्द न्यौपाने सहित १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ । 

     एकीकृत समाजवादी छाडेर फर्किएका भागवत विश्वासी र चूडामणि जंगली तथा जनता समाजवादीबाट फर्किएका हेमराज राईलाई पनि केन्द्रीय सदस्य बनाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेकपा माओवादी केन्द्र छाडेका नेता यामबहादुर परियारलाई नेकपा एमालेले केन्द्रीय सदस्य बनाएको छ। जनता समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेका उमाशंकर अरगरियालाई पनि एमालेले केन्द्रीय सदस्य बनाएको छ । 

    को को बने केन्द्रीय सदस्य? 

    १. मुकुन्द न्यौपाने, काठमाडौं

    २. प्रेमबहादुर सिंह, कालिकोट

    ३. चूडामणि जंगली, कास्की

    ४.  भागवत विश्वासी, दाङ

    ५. हेमराज राई, भोजपुर

    ६. ठम्मर विष्ट, सुर्खेत

    ७. उमाशंकर अरगरिया, धनुषा

    ८. यामबहादुर परियार, चितवन

    ९. इकवाल मियाँ, बारा

    १०. गणेश खनाल, गुल्मी

    ११. सुरेन्द्र मानन्धर, काठमाडौं

    १२. अजय गुप्ता, रौतहट

    १२. प्रेम तामाङ, रसुवा

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार