आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

मध्यरातमा सुशान्तको लाइभ : डिप्रेसन झेलिरहेको छु, चाँडै मलाई पनि गुमाउनु हुनेछ !

मध्यरातमा सुशान्तको लाइभ : डिप्रेसन झेलिरहेको छु, चाँडै मलाई पनि गुमाउनु हुनेछ !

काठमाडौं । चर्चित डान्सर सुशान्त खत्री गए राति रुँदै फेसबुक लाइभमा आएर आफू आत्महत्या गर्ने निर्णयमा पुगेको बताएका छन् ।लाइभमा डिप्रेसनको औषधि देखाउदै सुशान्तले ६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको बताए । 'धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छुु', लाइभमा उनले रुँदै भने ।अहिले उनी भारतमा छन् । अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन् ।

साझा पोष्ट
शनिबार, असार २३ २०८०
  • images
    मध्यरातमा सुशान्तको लाइभ : डिप्रेसन झेलिरहेको छु, चाँडै मलाई पनि गुमाउनु हुनेछ !
    images

    काठमाडौं । चर्चित डान्सर सुशान्त खत्री गए राति रुँदै फेसबुक लाइभमा आएर आफू आत्महत्या गर्ने निर्णयमा पुगेको बताएका छन् ।लाइभमा डिप्रेसनको औषधि देखाउदै सुशान्तले ६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको बताए । 'धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छुु', लाइभमा उनले रुँदै भने ।


    images
    images

    अहिले उनी भारतमा छन् । अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन् । आजै मात्र मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन् । ६ महिनायता फेसबुकमा उनले निराशाजनक पोस्टहरू शेयर गरिरहेका थिए । फेसबुकमा उनका १६ लाखभन्दा बढी फलोअर्स छन् । केही घण्टाअघि मात्र उनले आफ्नो फेसबुक स्टोरीमा नेपालले आज एक कलाकार गुमाएको र चाँडै अर्को कलाकार गुमाउने लेखेका थिए । 

    मध्यराति फेसबुक लाइभमा आएका उनले आजबाट आफ्नो गिन्ती सुरु भएको भन्दै चाँडै खबर आउने बताए । ' मान्छेहरू हजार वटा सही गरेको देख्दैनन्, एउटा गल्ती गरेको देख्न सक्दैनन्', उनी भन्दै थिए । 

    दुई/तीन दिनपछि नेपाल आउने पनि उनले बताएका छन् । सुशान्तले इन्जाइटी र डिप्रेसनलाई मजाकमा नलिन भनेका छन् । ' तपाईंहरूलाई लाग्दो हो, यति चर्चित मान्छेले के भनेको होला भनेर । तर एन्जाइटी डिप्रेसन भनेको साह्रै ठूलो रोग रहेछ साथीहरू । तपाईंले जतिसुकै धेरै पैसा कमाउनु, यो रोग साह्रै कठिन रहेछ । मेरो कारणले मेरो आमाबुबाले धेरै दुःख पाए । मेरा साथीहरू मसित टाढा भएका छन्', सुशान्तले भनेका छन् । 

    डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार