आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

'मायावी'बाट कम व्याक गर्दै करिश्मा

'मायावी'बाट कम व्याक गर्दै करिश्मा

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    'मायावी'बाट कम व्याक गर्दै करिश्मा
    images

    काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ फिल्ममा अनुबन्धित भएकी छन् । 


    images
    images

    फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्म नखेलेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट  कमव्याक गर्न लागेकी हुन् ।

    यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा बन्नेछ ।  
    मुख्य नायिकामा दीपिका प्रसाइँ र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

    फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

    दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार