बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

साझा पोष्ट
बिहीबार , असोज ४ २०८०
  • images
    नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह
    images

    गोकुल श्रेष्ठ-
    न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । 
    संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले देशमा लगानी गर्न आग्रह गरेका हुन्।


    images
    images
    NRN_US.jpg

    उनले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताए ।वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्मृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको उनको दावी छ । विदेशमा रहेका नेपालीप्रतिको सोचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री दाहालले एनआरएनहरु पलायन नभई विस्तारित भएको बताए । प्रधानमन्त्री दाहालले भोलि संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार