आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

प्रधानमन्त्री प्रचण्डले ओलीलाई घुमाए आफ्नो नयाँ कार्यालय (तस्बिरहरु)

प्रधानमन्त्री प्रचण्डले ओलीलाई घुमाए आफ्नो नयाँ कार्यालय (तस्बिरहरु)

साझा पोष्ट
मंगलबार, मंसिर १२ २०८०
  • images
    प्रधानमन्त्री प्रचण्डले ओलीलाई घुमाए आफ्नो नयाँ कार्यालय (तस्बिरहरु)
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई  आफ्नो नयाँ कार्यालय भ्रमण गराएका छन् । सिंहदरबारमा छलफलपछि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय देखाएका हुन् । 


    images
    images

    ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा प्रसन्न हुँदै प्रचण्डले ओलीलाई प्रधानमन्त्री कार्यालय घुमाएको देखिन्छ। ०७२ को महाभूकम्पपछिको भत्काउने भनिएको भवनमा ‘रेट्रो फिटिङ’ पछि सञ्चालनमा आएको एक सातापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । 

    prachanda-oli-new ffice2.jpg

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गरेका थिए। क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर पुरानै अवस्थामा फर्काएपछि ओली त्यहाँ पहिलोपटक पुगेका हुन्। 

     यो भवन पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । सिंहदरबारको उत्तर, दक्षिण र पूर्व खण्ड विसं २०३० मा आगलागीबाट क्षति हुँदापनि पश्चिम मोहडा जोगाइएको थियो। तर भूकम्पले उक्त भागलाई बढी क्षति पुर्‍याएको थियो । ऐतिहासिक भवनमा बुट्टाहरू धेरै भएकाले जस्तातस्तै बनाउन समय लाग्यो। भवनमा चुना, सुर्की, इट्टा, सालका काठबाट प्रवलीकरण गरिएको छ। 

    prachanda-oli-new office 3.jpg

    ०७२ सालको भूकम्पले प्रधानमन्त्री कार्यालयको उत्तर, दक्षिण र पूर्व खण्ड  कम क्षति भएको थियो।  त्यसको पुनःनिर्माण २०७७ फागुनमै उद्घाटन गरी प्रधानमन्त्री कार्यालय सञ्चालनमा ल्याइएको थियो। हालसम्म यस योजनाका लागि कुल लागत ५१ करोड रुपैयाँ रहेको छ। लिफ्ट राख्ने, सरसफाईका काम बाँकी भएकाले केही बढ्न सक्ने आयोजनाले  जनाएको छ । 

    prachanda-kp-oli_new_office 4.jpg

    प्रतिक्रिया हरु
    थप समाचार