आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

ओलीलाई जनार्दन शर्माको स्वागत (तस्बिरहरु)

ओलीलाई जनार्दन शर्माको स्वागत (तस्बिरहरु)

साझा पोष्ट
मंगलबार, मंसिर १९ २०८०
  • images
    ओलीलाई जनार्दन शर्माको स्वागत (तस्बिरहरु)
    images

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानलाई नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले स्वागत गरेका छन् । 'समृद्धिका लागि संकल्प यात्रा' कर्णालीको सानी भेरी किनारमा पुग्दा टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका हुन । 


    images
    images

    मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी समेत गराएका छन् ।

    oli_janardan_3.jpg

    उनले एमालेको शीर्ष नेतृत्व नै संकल्प यात्राका क्रममा सो क्षेत्रमा पुगेकामा अध्यक्ष ओलीलाई धन्यवाद दिए । रिम्ना जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्छ ।

    शर्मा एमालेले बनाएको स्वागत गेटमै पुगेर ओलीको प्रतीक्षामा उभिएका थिए । उनी भूकम्पपछि गृहजिल्लामै छन् । ओलीले दुवै जिल्लाका भुकम्प प्रभावितहरुको अवस्था बुझ्दैछन् ।

    oli_janardan_2.jpg
    oli_janardan_1.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार