बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

वीरका निर्देशक पौडेललाई नहटाउन सर्वोच्चको आदेश

वीरका निर्देशक पौडेललाई नहटाउन सर्वोच्चको आदेश

साझा पोष्ट
मंगलबार, पुस ३ २०८०
  • images
    वीरका निर्देशक पौडेललाई नहटाउन सर्वोच्चको आदेश
    images

    काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पौडेललाई पदबाट नहटाउन सरकारका नाममा मंगलवार अन्तरिम आदेश दिएको हो। 


    images
    images


    त्यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण मागेको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले विभिन्न आरोपसहित पदबाट हटाएपछि पौडेल मंसिर १८ गते सर्वोच्च पुगेका थिए। 


    मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट डा.सन्तोष पौडेललाई हटाउनुको कारण खुलाएका थिएनन्। पदमा पुनर्वहाली भएपछि पौडेलले मंगलबारबाटै जिम्मेवारी सम्हालेर काममा सक्रिय हुने बताएका छन्। १५ महिना कार्यावधि बाँकी छँदै हटाइएपछि पौडेल अदालत पुगेका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार