शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

यसरी मनाइयो काठमाडौंमा तमु ल्होसार (तस्बिरहरु) 

यसरी मनाइयो काठमाडौंमा तमु ल्होसार (तस्बिरहरु) 

साझा पोष्ट
आइतबार, पुस १५ २०८०
  • images
    यसरी मनाइयो काठमाडौंमा तमु ल्होसार (तस्बिरहरु) 
    images

    काठमाडौं ।   गुरुङ समुदायले आज  धुमधामका साथ तमु ल्होसार मनाएका छन् । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । 


    images
    images

    हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाएका छन् ।

    काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरु  बसन्तपुरमा भेला भएर बसन्तपुरबाट टुँडिखेलसम्म र्‍याली निकाले । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    tamu_lhosar_main2.JPG
    tamu_lhosar_main3.JPG
    tamu_lhosar1.JPG
    tamu_lhosar_2.JPG
    tamu_lhosar__4.JPG

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार