बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

फेसबुकमा गम्भिर सन्देश लेखेर चर्चित रक्तदाता मैनाली सम्पर्कविहीन 

फेसबुकमा गम्भिर सन्देश लेखेर चर्चित रक्तदाता मैनाली सम्पर्कविहीन 

साझा पोष्ट
सोमबार, माघ २९ २०८०
  • images
    फेसबुकमा गम्भिर सन्देश लेखेर चर्चित रक्तदाता मैनाली सम्पर्कविहीन 
    images

    काठमाडौं । अमेरिका बस्दै आएका चर्चित रक्तदाता अर्जुन मैनाली सोमवार विहान सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका छन् । 


    images
    images

    नेपाली समय अनुसार  सोमबार बिहान श्रीमतीको नाममा गम्भीर र पीडादायी सन्देशसहितको स्टाटस  लेखेपछि मैनाली बेपत्ता भएका हुन्।

    अमेरिकाको सार्लोटमा बस्दै आएका उनको फेसबुक पोस्टमा ससुरालीका आफन्तसँग झगडा परेको उल्लेख छ । मैनाली बेपत्ता भएपछि उनको परिवारमा रूवाबासी चलेको छ। फेसबुकमा उनले आफू ज्यान दिन गैरहेको लेखेका छन् । 

    मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित छन्। उनले नेपालदेखि कयौं अफ्रिकी मुलुकमा समेत पुगेर रगतदान गरेका छन्। सम्पर्कविहीन हुनु अघिको स्टटासमा पनि उनले रक्तदानलाई अघि बढाउन आग्रह गरेका छन् । 

    उनले नेपाल, भारत, क्यानडा, बेलायत,घाना, मकाउ, बर्मुडा, आयरल्याण्ड, अष्ट्रेलिया, , इक्वेडर, हाइटी, युगाण्डा, थाइल्यान्ड,इथिओपिया, मलावी, रुवान्डा, केन्या, अर्जेन्टिना र मेक्सिको पुगेरसमेत रक्तदान गरिसकेका छन्। 

    काभ्रेपलाञ्चोकको कोटथुम्का, सिपाली पुर्ख्यौली थलो भएका उनले हालसम्म २०६ पटकमा १०२ लिटर रक्तदान गरेर अरूको जीवन बचाउन भूमिका खेलेका छन्। 

    उनी सन् २००० मा अमेरिकन एशोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनमा भाग लिन अमेरिका पुगेका थिए। त्यसपछि उनी अमेरिकमै बस्दै आएका छन्। 
    अमेरिकन रेडक्रसले उनलाई सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो। उनले अमेरिकामा विभिन्न तीन सामाजिक संस्था स्थापना गरेर रक्तदान अभियानलाई अघि बढाइरहेका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार