बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

पाकिस्तानमा सरकार बनाउन ६ दलीय गठबन्धन, प्रधानमन्त्रीको उम्मेदवार नवाजका कान्छो भाइ शहबाज

पाकिस्तानमा सरकार बनाउन ६ दलीय गठबन्धन, प्रधानमन्त्रीको उम्मेदवार नवाजका कान्छो भाइ शहबाज

साझा पोष्ट
बुधबार, फागुन २ २०८०
  • images
    पाकिस्तानमा सरकार बनाउन ६ दलीय गठबन्धन, प्रधानमन्त्रीको उम्मेदवार नवाजका कान्छो भाइ शहबाज
    images

    काठमाडौं । नयाँ सरकार निर्माणका लागि पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन बनाइएको छ । कुनै पनि दलले बहुमत नल्याएपछि नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पीएमएलले गठबन्धन सरकार बनाउन प्रक्रिया थालेको हो ।


    images
    images

     शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।नवाजले  पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् ।

     तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ । 

    गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग (क्यू –पीएमएल–क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम–ए–पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन् ।

    ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकट पार लगाउने दाबी गरेका छन् ।

    गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए)ले मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले उनीहरुलाई सफाइ दिइसकेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार