बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै ज्यान गयो

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै ज्यान गयो

साझा पोष्ट
शनिबार, फागुन ५ २०८०
  • images
    रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै ज्यान गयो
    images

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।


    images
    images

    उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ ।

    नडराई बोल्ने ब्लगर र भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट भन्दै आलोचना गर्थे । सन् २०१८ को राष्ट्रपति निर्वाचनमा पुटिनविरुद्ध लड्न खोजे पनि उनी उम्मेदवार बन्न पाएका थिएनन् ।

    नाभाल्नी सन् २०२० को अगस्टमा विष हमलामा परेका थिए । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो ।

    उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्‌कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि लामो समय जर्मनीमा लगेर उपचार गराइएको थियो । जर्मनीबाट रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए ।

    विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो ।उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार