बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

लस एञ्जलसमा नेपाली समुदायको वनभोज कार्यक्रम

लस एञ्जलसमा नेपाली समुदायको वनभोज कार्यक्रम

साझा पोष्ट
शनिबार, फागुन ५ २०८०
  • images
    लस एञ्जलसमा नेपाली समुदायको वनभोज कार्यक्रम
    images

    क्यालिफोर्निया(अमेरिका) ।क्यालिफोर्नियाको लस एन्जलसमा नेपाली जनसम्पर्क समितिको आयोजनामा वनभोज कार्यक्रम  हुने भएको छ ।


    images
    images

    नेपाली जनसम्पर्क समिति अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले वनभोज कार्यक्रम  गर्न लागेको हो । कार्यक्रम आगामी मार्च महिनाको १० तारेख आईतबारका दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म 18750 Clarkdale Ave, Artesia, CA 90701 मा हुने नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।
     नेपाली समुदायका बीचमा सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको सम्बन्ध बिकासमा सहयोग पुगोस भनेर  कार्यक्रम गर्न लागिएको वननभोज कार्यक्रम मूल तयारी समितिका संयोजक अर्जुन पौडेलले बताए ।
    पौडलका अनुसार बृहत वननभोज कार्यक्रममा बनभोजका साथै बिभिन्न खेल, बालबालिकाहरुका लागि रमाईलोसहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम  गरिनेछ । कार्यक्रममा करिब ६ सय जना नेपाली  सहभागि हुने अपेक्षा  छ ।
    कार्यक्रमले व्यस्त दिनचर्याका बीचमा भेटघाट हुने, एकआपसमा दुःखसुख साटासाट हुने, आत्मियता बढाउन सहयोग पुग्ने नेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकले बताए। प्रवेश निःशुल्क भएकाले कार्यक्रममा सहभागिताका लागि लस एन्जलसबासी तथा अन्य ईच्छुक नेपाली समुदायलाई नेपाली जनसम्पर्क समिति, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले अपिल गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार