मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी संगठित

अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी संगठित

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी संगठित
    images

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका छन् ।
    न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायी संलग्न संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा छेपाक दोर्जे गुरुङ, छिरिङ गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य  छन् ।


    images
    images

    संस्थाले अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवि गुरुङ, नवराज केसी, पासाङ नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा  रहेको आठ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । 

    newyork_2.jpg

    नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीले भोग्नु परेका समस्यालाई हल गर्न संगठित भएको बताए ।  आसपासमा एक हजार भन्दा बढि नेपाली मूलका व्यवसायीहरु रहेको भन्दै उनले सबैलाई संस्थामा आवद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । 

    newyork1.jpg


     प्रमुख अतिथि संयुक्त राष्ट् संघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले नेपालमा लगानीको वातावरण बनेकोले यहाँको सिप  र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गरे ।  आसन्न लगानी सम्मेलनमा सहभागि हुन आग्रह गर्दै थापाले व्यवसायीहरुलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको प्रष्ट पारे । 
     घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका  डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 

    newyor_4.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार