बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

बैंक वित्तीय क्षेत्र माथिको अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैनः गभर्नर अधिकारी

बैंक वित्तीय क्षेत्र माथिको अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैनः गभर्नर अधिकारी

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    बैंक वित्तीय क्षेत्र माथिको अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैनः गभर्नर अधिकारी
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् ।


    images
    images

    आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए । बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गर्दै गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए ।

    उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गर्दै राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको दाबी गरे ।

    गभर्नर अधिकारीले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताउँदै अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको उल्लेख गरे । उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको उल्लेख गर्दै कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने उल्लेख गरे ।

    गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताउँदै केन्द्रीय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । राष्ट्र बैंकले बैंकमा भएको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने पनि उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार