शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

नवनियुक्त अर्थमन्त्रीको वचन: अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्छु

नवनियुक्त अर्थमन्त्रीको वचन: अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्छु

साझा पोष्ट
बुधबार, फागुन २३ २०८०
  • images
    नवनियुक्त अर्थमन्त्रीको वचन: अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्छु
    images

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले  अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताएका छन् ।


    images
    images

    बुधवार साँझ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले  अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेको  र त्यसैमा आफूलाई केन्द्रित गर्ने बताए । अथृमन्त्रीका रुपमा पहिलो कार्यकालमा पनि आफूले राम्रो गरेको र अब पनि गर्ने उनले दाबी गरे ।

    ‘म पहिलोपटक आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यही रहन्छ,’ उनले  भने ।

    बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उनले प्रतिवद्धता जनाए। ‘असल कामलाई निरन्तरता दिन्छु, विगतमा विकासे मन्त्रालयमा काम गरेको थिएँ,’ उनले भने, ‘ खर्च गर्ने क्षमता बढाउनु छ । काम गर्दै र समीक्षा गर्दै कमजोरी सुधारमा लाग्छौ ।’

    जनताको अपेक्षा र दुई छिमेकीको विकास हेर्दा आफूहरुलाई डेलिभरी दिनैपर्ने दबाब रहेको र त्यसलाई आफूले सकारात्मक चुनौतीका रुपमा लिएको उनले बताए ।सेयर बजार तथा घरजग्गामा सुधार गर्नुपर्ने आफूले महसुस गरेको पनि उनले बताए । ‘सेयरमा ६० लाख मानिसको कुरा जोडिएको छ, त्यसलाई हेर्छु, घरजग्गा थोरै चलायमान भएको छ, अझै गर्नु छ,’ उनले भने ।

    सहकारीका बचतकर्ता डराउनु नपर्ने पनि उनले बताए । ‘सहकारीमा समस्या देखिएको छ, अलग्गै नियामक निकायको कुरा आएको छ, राज्यको दायित्व समस्या समाधान गर्ने हो, यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्छौं,’ उनले भने ।

    नवनियुक्त अर्थमन्त्री पुनले यसअघि २०६८ सालमा आफूले पहिलोपटक यो मन्त्रालय सम्हाल्दा मानिसहरुले ‘गुरिल्ला’ अर्थमन्त्री भन्ने गरेको स्मरण पनि गरे 

    ’१२ वर्षपछि संयोगले फेरि म यहाँ आएँ । २०६८ सालमा आउदा मलाई गुरिल्ला अर्थमन्त्री भन्थे, मैले अर्थतन्त्र पढेको थिइनँ‍ तर त्यसलाई मैले नराम्रो मानिन,’ उनले भने ‘लो प्रोफाइलमा रहेर काम गरेँ, बुझ्न थालेँ र अर्थतन्त्रलाई राम्रै गरेँ भन्ने लाग्छ ।’

    अहिले आउँदा त्यसबेलाको भन्दा धेरै जिम्मेवारीको बोझले  थिच्न थालेको अनुभव गरेको उनले बताए । अब भने आफूलाई बुझेर\पर्खेर बस्ने अवस्था नरहेको उनले बताए ।
    अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले अर्थमन्त्रीलाई कर्मचारीको पूर्ण सहयोग हुने बताए । ‘अर्थतन्त्र धेरै कुरामा सुधारोन्मुख रहे पनि केही दबाबमा छ,’ उनले भने ।

    पुँजीगत खर्च र राजस्व परिचालन समस्या रहेको उनले बताए । नयाँ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रका समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार