शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, नेपाल,भारत र पाकिस्तान एउटै समूहमा

नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, नेपाल,भारत र पाकिस्तान एउटै समूहमा

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    नेपाली महिला क्रिकेट टिमले एसिया कप खेल्ने, नेपाल,भारत र पाकिस्तान एउटै समूहमा
    images

    काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आगामी एसीसी महिला एसिया कप २०२४ खेल्ने भएको छ ।


    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएको हो । गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग हारेको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो ।

    प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।  तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि २०१२ र २०१६ मा टि-२० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टि-२० प्रतियोगिता रहनेछ ।  

    ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् । श्रीलंकाको दाम्बुलामा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार