शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

पाल्पामा १९ वर्षीया युवतीको घाँटी रेटेर हत्या

पाल्पामा १९ वर्षीया युवतीको घाँटी रेटेर हत्या

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    पाल्पामा १९ वर्षीया युवतीको घाँटी रेटेर हत्या
    images

    बुटवल । पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी पद्माको हत्या भएको हो । शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत पद्माको मँगलबार साँझ शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्। दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको स्थानीयले बताए । उनको घाँटी र हातका औलाहरू काटिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए। प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ। स्थानीयले  हत्याको तत्काल छानविन गरि अपराधीलाई कारबाहीको माग गरेका छन् ।


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार